लकडाउन खुकुलो भएलगत्तै बढे जर्मनीमा संक्रमित

जर्मनीमा फेरि कोरोनाभाइरस संक्रमित बढ्न थालेका छन् । त्यहाँ सरकारले केही दिनअघि मात्र लकडाउन अलिक खुकुलो बनाएको थियो । सरकारी तथ्यांकका अनुसार अर्ब जर्मनीमा झन् धेरै मानिसहरु संक्रमित भेटिन थालेका छन् ।

सरकारले लकडाउन खुकुलो बनाए पनि जर्मनीमा हजारौँ जर्मनहरु शनिबार लकडाउनको विरोध गर्दै प्रदर्शनमा निस्किएका थिए । 

बुधबार जर्मन चान्सलर एन्जेला मर्केलले १६ प्रदेशमा लकडाउन खुकुलो बनाएको घोषणा गरेकी थिइन् ।

कोरोनाभाइरसका सबैभन्दा धेरै संक्रमित भएको सातौं देश जर्मनी हो । जर्मनीमा अहिलेसम्म कम्तिमा पनि १ लाख ६९ हजार २ सय १८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । अनि कोभिड १९ का कारण ७ हजार ३ हजार ९५ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १९:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया