विश्वभर कोरोनाभाइरस संक्रमित अब ४० लाखभन्दा बढी

अमेरिकी विश्वविद्यालय जोन्स हप्किङ्सका अनुसार अब विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी भएको छ । 

कोरोनाभाइरसका कारण २ लाख ७७ हजारभन्दा धेरैले विश्वभर ज्यान गुमाएका छन् । 

यसमा एक तिहाई संक्रमित अमेरिकामा छन् । अनि मृत्यु हुनेको २५ प्रतिशत पनि अमेरिकी हुन् । 

जानकारहरुले अब यो भाइरसका कारण अझ धेरै जनाको मृत्यु हुन सक्ने र यसले अझ भयावह रुप लिनसक्ने बताएका छन् । 

पछिल्ला दिन कोरोनाभाइरस संक्रमितको संख्या निकै रफ्तारमा बढेको छ । २८ अप्रिलसम्म विश्वभर ३० लाख मानिस संक्रमित थिए । यी १० दिनमा नै १० लाख कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १९:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया