साउदी अबरमा कोरोनाभाइरसका कारण एक नेपालीको मृत्यु भएको छ । उनी त्यहाँको एक मदिनामा कार्यरत थिए । कोरोनाभाइरस संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
जेद्दा क्षेत्रमा अहिले साउदीमा सबैभन्दा धेरै नेपाली संक्रमित भएका छन् । त्यहाँ ४५ जना कोरोनाभाइरस संक्रमित नेपाली छन् । यीमध्ये १० जना निको भइसकेका छन् ।
‘उपचारमा रहेका नेपाली नागरिकहरुमध्ये मदिनामा उपचाररत एक जनाको निधन भएको दुस्खद् खबरले हामी स्तब्ध भएका छौं’, दूतावासद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ, ‘दुस्खको यस क्षणमा कन्सुलेट परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।