कांग्रेसले सुरु गर्‍याे डडेलधुरामा आपतकालीन भाेजन चुल्हाे

लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन नेपाली कांग्रेस डडेल्धुराले आपतकालिन भोजन चुलो सञ्चालन गरेको छ । भौतिक पूर्वाधार, कृषि क्षेत्र लगायतका काम सरकारले सुचारु गर्ने निर्णय गरेपछि जिल्ला सदरमुकाम पुग्नेहरुलाई खान र बस्न समस्या परेको भन्दै नेपाली कांग्रेस डडेल्धुराले खाना खुवाउन आपतकालिन भोजन चुलो सञ्चालन गरेको हो । जिल्ला सदरमुकाम बागबजारमा रहेको पार्टी कार्यालय किसुन जी भवनमा कांग्रेसले शनिबारदेखि एनडि प्रकाश चटौत भोजन चुलो सञ्चालन गरेको छ ।

लकडाउनका कारण होटेल लगायत बजार सबै बन्द भएकाले स्वास्थ्य उपचार तथा अन्य महत्वपुर्ण कामले जिल्ला सदरमुकाम पुग्ने तथा अलपत्र परेकाहरुलाई सरसफाई र सामाजिक दुरी कायम गर्दै सुरक्षित तरिकाले खाना खुवाउन आपतकालिन भोेजन चुलो सञ्चालन गरेको नेपाली कांग्रेस जिल्ला पार्टि सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए ।

स्थानीयहरुको सहयोगमा भोजन गराउन चुलो सञ्चालन गरेको उनले बताए । राणाकालिन अवस्थामा नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईराला संग डडेल्धुराका एनडि प्रकाश चटौत जनताको हितका पक्षमा लडेकाले उनकै नामबाट आपतकालिन भोजन चुलो नामाकरण गरी समस्यामा परेकालाई खाना खुवाउने र आवासको व्यवस्था मिलाएको उनले बताए ।

होटेल लगायत व्यापार व्यवसाय बन्द छन् । उनले भने, महत्वपुर्ण कामले यँहा पुग्नेहरुलाई खान बस्न समस्या छ । कोरोना भाईरसको यो बिसम परिस्थितीमा समस्यामा परेकाहरुलाई सहयोग गर्न पार्टी कार्यालयमा भोजन चुलो सञ्चालन गरिएको हो । यो चुलो लकडाउनसम्मै सञ्चालनमा रहने उनले बताए ।





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार २२:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया