कपिलवस्तुमा थप १० जनामा कोरोनाभाइरस संक्रमण, नेपालमा संक्रमित संख्या अब १२०

स्वास्थ्य मन्त्रलायका अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

योसँगै नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या १ सय २० पुगेको छ । 

यसअघि नेपालमा कोरोना संक्रमण भएका ३३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । सोमबार विहान गरिएको परीक्षणपछि नेपालमा यी १० जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या १० जना रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

उनीहरु कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार ८:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया