कोरोनाभाइरसः भारतमा उछाल, २४ घन्टामा ४ हजारभन्दा धेरै संक्रमित

कोरोनाभाइरस महामारी पनि अब भारतमा निकै महंगो पर्ने देखिएको छ । पछिल्लो २४ घन्टामा मात्र भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । 

पछिल्लो २४ घन्टामा ४ हजार २ सय १३ जना नयाँ संक्रमित भारतमा भेटिएका हुन् । योसँगै भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ६७ हजार १ सय ५२ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अब कोरोनाभाइरसका सक्रिय संक्रमित ४४०२९ जना छन् । यसको अर्थ हो, २० हजार ९ सय १६ जना भारतमा उपचार पछि ठिक भएका छन् ।

भारतीय सरकारी तथ्यांकअनुसार आइतबारसम्म भारतमा कोभिड १९ का कारण २२०६ जनाको निधन भएको छ । 

भारतमा २२ हजार १ सय ७१ संक्रमित पुष्टि भएसँगै महाराष्ट्रको सबैभन्दा खराब स्थिति देखिएको छ । महाराष्ट्रपति गुजरातमा ८ हजारभन्दा बढीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । भारतको तमिलनाडूमा अब दिल्लीमा भन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

तमिलनाडूमा ७ हजार २ सय ४ र दिल्लीमा ६ हजार ९ सय २३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।



भारतमा महाराष्ट्रमा नै सबैभन्दा धेरैले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । त्यहाँ ८ सय ३२ जनाको निधन भएको छ भने गुजरातमा ४ सय ९३ जनाको निधन भएको छ ।



  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार ११:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया