सप्तरीमा भेटिए कोरोनाभाइरस संक्रमित

स्वास्थ्य मन्त्रालयले सोमबार दिउँसो सप्तरीका एक युवाको परीक्षणमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकाको ३ नम्बर वडामा बस्ने एक १८ वर्षीयमा कोरोनाभाइरस संक्रमण देखिएको हो । 

सप्तरीमा कोरोनाभाइरस संक्रमित भेटिएको यो पहिलो पटक हो ।

योसँगै सोमबार मात्र अहिलेसम्म नेपालमा ११ जना कोरोनाभाइरस संक्रमित भेटिएको छ । आज विहान कपिलवस्तुमा भारतबाट आएका १० जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । 

अब नेपालमा १ सय २१ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । नेपालमा यसअघि नै ३३ जनाले कोरोनाभाइरसलाई जितिसकेका छन् ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार १४:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया