माइतीघरमा ओली र मोदीको पुत्ला जलाइयो, प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

भारतले नेपाली भूभि अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा देशभरमा आन्दोलन निकै चर्किन थालेको छ । नेपालका विभिन्न जिल्लामा हिजो बाट नै नेवि संघ र अन्य अभियन्ताहरुले राँके जुलुससमेत निकाल्न थालेका छन् । 

सोमबार दिउँसो माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

यो प्रदर्शन राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले पनि गरेको हो । प्रदर्शनमा नेवि संघका कार्यकर्ता पनि सहभागी थिए । 

प्रदर्शनकारी सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार १४:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया