अमेरिका र स्पेनपछि अब रुसमा विश्वभर कोरोनाभाइरसका सबैभन्दा धेरै संक्रमित भएका छन् । रुसले केही दिनमा निकै धेरै संक्रमित भेटिएको पुष्टि गरेसँगै बेलायत र इटालीभन्दा त्यहाँ धेरै संक्रमित भेटिएका हुन् ।
कम्तिमा पनि आठौं दिन त्यहाँ लगातार १० हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । रुसमा पछिल्लो २४ घन्टामा ११ हजार ६ सय ५६ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै अब रुसमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ ।
रुसभन्दा अमेरिका र स्पेनमा मात्र योभन्दा बढी कोरोनाभाइरस संक्रमित छन् ।
तर, यो संख्या देशहरुमा गरिएको परीक्षणमा निर्धारित हुने भएकाले यसलाई तुलना गर्न नमिल्ने बताइएको छ ।
रुसमा पछिल्लो २४ घन्टामा ९४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । योसँगै रुसमा अब ज्यान गुमाउनेको संख्या २ हजार ९ पुगेको छ ।
अर्कोतिर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबारबाट लकडाउन केही खुकुलो बनाउने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।