भियतनामा लकडाउन हट्दा देखियो काठमाडौंको जस्तै जाम

भियतानमा अहिलेसम्म कोरोनाभाइरसका २ सय ८८ जना संक्रमित भेटिएका छन् । यीमध्ये १ सय ४९ जना पूर्णरुपमा ठिक भएको भियतनाम सरकराले जनाएको छ । 

विस्तारै कोरोनाभाइरस संक्रमण नियन्त्रणमा आएको भन्दै भियतनाम सरकारले सोमबाट नै लकडाउन हटाएको पनि छ । 

त्यसपछि भियतनामको राजधानी हनोईका दृश्यले अन्तर्राष्ट्रिय सन्चारमाध्यम भरिएका छन् । त्यहाँका चोकहरुमा सवारीको निकै धेरै चाप देखिएको छ । 

नेपालमा आइतबाट लकडाउन केही खुकुलो हुँदा पनि निकै धेरै सवारीका कारण सडकमा जाम देखिएको थियो । नेपालको जस्तै दृश्य अब भियतनामका सडकमा देखिएको छ । भियतनामको राजधानी हनोईमा ८० लाख मानिस बस्छन् । 





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार १७:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया