प्रेमिका गर्भवती बनाएर प्रेमी फरार !

पर्सामा एक युवाले प्रेमिका गर्भवती बनाएर फरार भएको उजुरी परेको छ । यो घटना हो, पटेर्वासुगौली गाउँपालिका २ को । 

त्यहाँ एक युवा आफ्नी युवती गर्भवती भएको थाहा पाएपछि फरार भएका हुन् । अब युवतीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । १९ वर्षका विशालबाबु चौधरीविरुद्ध प्रहरी कार्यालयको महिला सेलमा उजुरी दिएकी हुन् ।

उजुरीमा उनले आफूहरु झन्डै दुई वर्षदेखि प्रेममा रहेको उल्लेख गरेकी छिन् । उनले आफहरुले विवाह पनि गरेको तर युवकका परिवारका सदस्यले आफ्नो सम्बन्ध अस्वीकार गरेको बताएकी छिन् । यही कारण त्यो परिवारका सदस्यले नै युवालाई भगाएको हुनसक्ने ती युवतीको आशंका छ ।

प्रहरीले चौधरीको खोजी सुरु गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार १८:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया