बेलायत सरकारले तीन चरणमा लकडाउन हटाउने योजना ल्याएको छ । योसँगै बेलायत सरकारले देशवासीका लागि विभिन्न गाइडलाइन्स पनि प्रकाशित गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनका अनुसार अब बुधबार १३ मेबाट काम गर्नका लागि अफिस जानै पर्नेहरुले यात्रा गर्न पाउने छन् । तर, उनीहरुको कार्यस्थल खुला हुनु पर्ने बताइएको छ ।
त्यस्तै, अर्थतन्त्रका विभिन्न सेक्टरहरुलाई खोल्ने योजना पनि बेलायत सरकारले ल्याएको छ ।
काम गर्ने ठाउँहरुमा केभिड १९ सुरक्षा गाइडलाइन्स पालना गर्नै पर्ने बताइएको छ । सरकारले बालबालिकालाई पनि स्कुल जान मिल्ने योजना ल्याएको छ ।
र, लन्डनमा पहिलो पटक मानिसहरुलाई बाहिर निस्किँदा मास्क लगाउन अनिवार्य गरिएको छ । उनीहरुले सार्वजनिक यातायात र पसलहरुमा जाँदा पनि मास्क लगाउनु पर्ने छ ।
यसअघि जर्मनी, फ्रान्सले पनि यो नियम ल्याइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।