नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या १३४ पुगेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १३ जनामा कोरोनाभाइरस संक्रमण सोमबार साँझ पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यीमध्ये १२ जना पुरुषहरु हुन् । उनीहरु १५ वर्षदेखि ४० वर्षसम्मका छन् ।
त्यस्तै एक जना महिलामा पनि कोरोनाभाइरस पुष्टि भएको छ । उनी ११ वर्षीया बालिका हुन् ।
कपिलवस्तुका यी दुई ठाउँमा आज विहान अन्य १० जनामा पनि कोरोनाभाइरस पुष्टि भएको थियो ।
नेपालमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ३३ जना निको भइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।