संक्रमित नघटे पनि न्युयोर्कले लकडाउन खुकुलो बनाउने

कोरोनाभाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित देश हो, अमेरिका । अनि अमेरिकामा सबैभन्दा बढी प्रभावित राज्य हो, न्युयोर्क । 

तर, अब न्युयोर्क विस्तारै खुल्ने भएको छ । न्युयोर्कका गर्भनर एन्ड्र्यू क्योमोले अब न्युयोर्कको लकडाउन विस्तारै खोल्ने बताएका हुन् । उनले कम जोखिम भएका व्यवसायहरु यही शुक्रबारबाट खुल्न सक्ने बताएका छन् । 

‘यो ऐतिहासिक पहल हो, ऐतिहासिक कदम हो,’ उनले दैनिक गर्ने प्रेस बिफ्रिङमा भनेका छन्, ‘ड्राइभ इन मुभी थिएटरहरु पनि अब खुल्नेछन्, हामी विगतमा फर्किँदैछौँ ।’ ड्राइभ इन थिएटरमा मानिसहरु गाडीमा नै बसेर फिल्म हेर्छन् । 

केहीअघि इरानमा पनि यस्तो अभ्यास सुरु भइसकेको छ ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार २२:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया