मुम्बईबाटै आएका हुन् रुपन्देहीका पछिल्ला ६ संक्रमित

प्रदेश ५ को रूपन्देहीमा सोमबार फेला परेका ६ जना कोभिड–१९ संक्रमित पनि भारतबाटै आएको देखिएको छ । ६ मध्ये सम्मरीमाई गाउँपालिकाका चार र लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक जना हुन् । सम्मरीमाई गाउँपालिका–१ का दुई र वडा नं. ४ का दुइ जना छन् । 

सम्मरीमाई गाउँपालिका–७ बेतकुइया स्थित भैसागान मदरसाको क्वारेन्टाईनमा राखिएका चारै जना भारतको बम्बइबाट आएका हुन् ।

४६, ४५, ३० र २६ वर्ष उमेरका चारै जना पुरुष परिवारको सम्पर्कमा पुग्न पाएका छैनन् । क्वारेन्टाइन संयोजक मुन्सीप्रताप माझीका अनुसार चार जना मध्ये १ जना बैशाख २५ मा र तीन जना २६ गते क्वारेन्टाइनमा आएका थिए ।

त्यो क्वारेन्टाइनमा अहिले पनि १ सय ५२ जना छन् । सबैसँगै बसेका थिए । सबैको स्वाब संकलन गरिएपनि काठमाण्डौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकाले अन्यको विवरण उपलब्ध भइनसकेको वडा अध्यक्ष श्रीनारायण यादवले बताएका छन् ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार २२:१७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया