कर्णाली प्रदेशले अनिश्चितकालीन नाकाबन्दी गर्ने

कोरोनाभाइरस संक्रमण आफ्नो प्रदेशमा नफैलिओस् भन्नका लागि कर्णाली प्रदेशले अनिश्चितकालीन नाकाबन्दी गर्ने भएको छ । यसअघि पनि कर्णाली प्रदेशमा नाकाबन्दी गरिएको थियो । प्रदेशको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । अहिलेसम्म कर्णाली प्रदेशमा एक जना पनि कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् ।

पछिल्लो समय बाँकेमा कोरोनाभाइरस संक्रमित बढेपछि अनिश्चितकालका लागि नाकाबन्दी गर्ने प्रदेशले निर्णय गरेको हो ।

नाकाबन्दी भए पनि दैनिक उपभोग्य सामान तथा उद्योगका सामानहरु बोकेका गाडीलाई कडा निगरानीमा लिएर प्रदेशमा छिर्न दिइने बताइएको छ ।

 





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार २२:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया