बेलायती प्रधानमन्त्रीले भने– सजग रहनू !

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पहिलो पटक बेलायतमा एक दिनमा एक लाख मानिसको कोरोनाभाइरस परीक्षण गरिएको बताएका छन् । उनका अनुसार अहिलेसम्म बेलायतमा एकै दिनमा सबैभन्दा धेरै आइतबार बेलायतमा एक लाख ४ सय ९० जनाको कोरोनाभाइरस परीक्षण गरिएको छ ।

उनले बेलायतमा पछिल्ला २४ घन्टामा कोरोनासँग सम्बन्धित २ सय १० जनाको निधन भएको पनि बताएका छन् । यसका साथसाथै अब बेलायतमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३२ हजार ६५ पुगेको छ ।

बेलायती प्रधानमन्त्रीले यो समयमा बेलायतवासीहरुलाई जति सकिन्छ उति घरमा बस्न पनि अनुरोध गरेका छन् । तर, काममा जानै पर्नेहरु अब जान सक्ने पनि उनले बताएका छन् । 

उनले अब बेलायतवासीहरुले घरबाहिर एक पटकमा एकजनासँग भेट्न सक्ने तर कम्तिमा पनि दुई मिटर दूरी राख्नु पर्ने पनि बताएका छन् ।

सरकारले अझै पनि मानिसहरुलाई सतर्क रहन अनुरोध गरिरहेको सम्झाउँदै उनले बेलायतवासीलाई पनि सजग रहन अनुरोध गरको छन् । सतर्क रहेमा नै कोरोनाभाइरसमाथि जित निकाल्न सकिने र मानिसहरुको जीवन बचाउन सकिने उनले बताएका छन् ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार १:३६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया