जर्मनीमा सामाजिक दूरी राख्न चान्सलरको आग्रह

जर्मन चान्सलर एन्जेला मर्केलले जर्मन नागरिकलाई सामाजिक दूरी कायम राख्न अपिल गरेकी छिन् । केही दिनअघि मात्र त्यहाँ लकडाउन खुकुलो बनाउँदै सानातिना जमघटलाई छुट दिएपछि कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको थियो ।

जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटको तथ्यांकअनुसार सोमबार जर्मनीमा १०० जना कोरोनाभाइरस संक्रमितका कारण त्यहाँ १०७ जनासम्म यो भाइरस फैलिएको छ । यो अनुपातलाई कम्तिमा पनि एकभन्दा कम राख्न जर्मनीमा अनुरोध गरिएको छ ।

जर्मनीले अन्य युरोपेली देशको तुलनामा कोरोनाभाइरस संक्रमणलाई निकै राम्रो ढंगले सम्बोधन गरेको मानिएको छ । अहिलेसम्म जर्मनीमा एक लाख ७० हजारभन्दा धेरै मानिसमा यो भाइरस संक्रमण देखिएको छ । तर, अरु देशको तुलनामा त्यहाँ मृतकको संख्या कम छ । जर्मनीमा कोरोनाभाइरसका कारण ७ हजार ४ सय मानिसको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ५:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया