ईलामकाे माइजोगमाई गाउँपालिका–३, शुक्रबारे बजारमा आगलागी हुँदा २ घर जलेका छन् । आगो नियन्त्रणका लागि एउटा घर भत्काइएको छ ।
यी दुई घरसँगै रहेको एक घर आगो नियन्त्रणका लागि भत्काइएको छ ।
कपडा पसल रहेको घरबाट राति पौने १० बजे आगो सुरु भएको थियो। तर, मानिस नबस्ने घरमा बिजुली पनि नभएका बेला आगो कसरी सुरु भयो भन्ने खुलेको छैन ।
आगोले यी दुई घरमा रहेका खाद्यान्न, कपडा, अन्नपात, भाँडाकुँडालगायत सबै जलेर नष्ट भएपनि क्षतिको पूर्ण विवरण आइनसकेको शुक्रबारे प्रहरी चौकीले जनाएको छ । प्रहरी र स्थानीयको सक्रियतामा बिहान ३ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।