फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरस पेजेटिभ

काठमाडौं–  फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरस पेजेटिभ देखिएको छ । पूर्वराष्ट्रिय खेलाडी श्रेष्ठले आफूलाई कोराना पेजेटिभ देखिएको फेसबुकमार्फत जानकारी गराएका छन् ।  

हाल उनी दुबईमा छन् । वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ रहेका उनले आफूलाई कोरोना पोजेटिभ देखिएको पाँच दिन भएको बताएका छन् । 

तर, अहिले उनको अवस्था सामान्य छ । कहिले–कहीँ खोकी लागे पनि अवस्था सामान्य रहेको उनले बताएका छन् ।

उनले आफ्नो दोस्रो रिपोर्ट आउँन बाँकी रहेकाले त्यसबारे पुनः जानकारी दिने बताएका छन् । 

सेल्फ आइसोलेसनमा रहेका उनले आफ्ना फेसबुकमा भएका साथी र परिवारलाई नडराउन आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ११:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया