रन्जु दर्शनासहित विवेकशीलका कार्यकर्ता माइतीघरबाट पक्राउ

भारतले दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रदर्शन गर्न काठमाडौंको माइतीघर पुगेका विवेकशील नेपाली दलका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले विवेकशील नेपाली दलकी नेतृ रन्जु दर्शना सहित आधा दर्जन युवाहरुलाई पक्राउ गरेको हो। माइतीघरमा विरोध प्रदर्शन गर्नका लागि जम्मा हुँदै गरेको अवस्थमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु भरतले नेपालको दार्चुलाको लिपुलेकमा सडक बनाएको विरोधमा प्रर्दशन गर्न आज दिउँसो माइतीघर पुगेका थिए। तर प्रदर्शन गर्न नपाउँदै प्रहरीले उनीहरुलाई पक्राउ गर्‍यो। प्रहरीले लकडाउनको अवस्थामा भिडभाड गरी प्रर्दशन गर्न लागेको भन्दै पक्राउ गरेको हो।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार १९:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया