थपिए २६ कोरोनाभाइरस संक्रमित, काठमाडाैं र भक्तपुरमा ३ जना

मंगलबार एकै दिन कोरोनाभाइरस संक्रमित ८३ जना भेटिएका छन् । मंगलबार दिउँसो ५७ जना कोरोनाभाइरस संक्रमित भेटिएको नेपालमा साँझ फेरि २६ जना थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो । यीमध्ये पर्सा जिल्लाका २२ देखि ६० वर्ष सम्मका ६ महिला छन् ।

महोत्तरीमा अब २ जना १६ र ३५ वर्षका पुरुष, धनुषा जिल्लामा २० वर्षीय महिला र ४० वर्षीय पुरुष, भक्तपुरमा २५ वर्षीया महलिा र २७ वर्षीया पुरुष, काठमाडौंमा ३३ वर्षीया महिला, सर्लाहीमा ४५ वर्षीय पुरुष छन् । 

त्यस्तै पर्सामा १२ जना १६ वर्षदेखि ६१ वर्षका पुरुषमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । 

नेपालमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित सबैभन्दा बढी भेटिएको नै आज हो । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार २२:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया