बलात्कार आरोपमा जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक पक्राउ परेका हुन् ।
लकडाउनको समयमा उपचारका लागि क्लिनिकमा आएको वेला ती चिकित्सकले जबर्जस्ती करणी गरेको उजुरी पीडित युवतीले प्रहरीमा दिएकी थिइन् । पीडित युवतीको उजुरीको आधारमा आरोपित चिकित्सकलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
बस्नेतले घटनाको अनुसन्धानका लागि ती चिकित्सकलाई थुनामा राखिएको र चाँडै कानुनी प्रक्रिया अगाडि बढाउने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।