काेराेना कहरमा गाउँ छिर्ने वाहाना– सुत्केरीकाे एम्बुलेन्स !

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सुत्केरी बोकेको एम्बुलेन्समार्फत घर आएका पाँच जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मोरङको सुन्दर हरैंचा नगरपालिका–१० बाट सुत्केरी महिला बोकेको एम्बुलेन्समार्फत सोमबार गाउँ आएका पाँच जनालाई एम्बुलेन्ससहित नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

भाडा तिरेर सुत्केरी बोकेको को १ च ५८६७ नम्बरको एम्बूलेन्सबाट घर आएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर मंगलबारदेखि १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो ।  

एम्बुलेन्सका चालकलाई समेत क्वारेन्टाइनमा राखिएको छ । प्रेरणा बहुउद्धेश्यीय सहकारी संस्थामार्फत सञ्चालित सो एम्बुलेन्स नियन्त्रणमा लिएर गाउँपालिकामा राखिएको छ । ‘सुत्केरी बोकेर गाउँ आएको एम्बुलेन्सबाट उहाँहरु पनि घर आउनु भएको रहेछ,’ अध्यक्ष राईले भने, ‘हामीलाई जानकारी हुने वित्तिकै सुत्केरीलाई बाहेक पाँच जनालाई क्वारेन्टाइनमा राखेका हौँ । दुरुपयोग भएकाले एम्बुलेन्सलाई पनि नियन्त्रणमा राखेका छौँ ।’ 





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार ०:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया