बेनीमा राति १० बजे ढुङ्गा हानि बाबुकाे हत्या, छाेरा पक्राउ

बेनी नगरपालिका–१ रत्नेचौर सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। शनिबार राति १० बजे २९ वर्षीय कुमार थापामगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुर थापालाई टाउकोमा ढुंगा प्रहार गरेका हुन्।  

कुमारले प्रहार गरेको ढुंगाले अचेत भएका मीनबहादुरको बेनी अस्पतालबाट रिफर गरी पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए। ‘अभियु्क्तलाई नियन्त्रणमा लिइएको छ,’ प्रहरी नायब उपरीक्षक कुँवरले भने, ‘थप अनुसन्धान भइरहेको छ।’  

अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छाअनुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेका थिए। घटनाका बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष टेकबहादुर रावललगायतको उपस्थितिमा प्रहरीले मुचुल्का बनाएको थियो। घटनास्थलमै अभियुक्त कुमारले आफूले ढुंगा प्रहार गरेको स्वीकार गरेका छन्। घटनामा अभियुक्तकी हजुरआमा तुलसा प्रत्यक्षदर्शी हुन्। उनले नातिले ढुंगाले प्रहार गरेपछि छोरालाई चोट लागेको प्रहरीलाई प्रारम्भिक बयानमा दिएकी छन्। 





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार ०:२४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया