भीम रावल भन्छन्– मेरो परीक्षण रिपोर्ट नेगेटिभ आइसक्यो

भक्तपुरका कोरोनाभाइरस संक्रमित सशस्त्र प्रहरी पूर्वगृहमन्त्री तथा नेकपा नेता भीम रावलका अंगरक्षक भएको खुलासा भएसँगै नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेकपा स्थायी कमिटी बैठक आजका लागि बोलाइएको थियो । 

भीम रावलको सुरक्षामा खटिएका प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएपछि रावललाई पनि कोरोनाभाइरस भएको हो कि भन्ने आशंका उत्पन्न भएका छन् । 

तर, केही दिनअघि संसद बैठक सुरु हुनुभन्दा अगाडि गरिएको स्वाब परीक्षणमा रावलको रिपोर्ट नेगेटिभ आएको थियो । ‘ती सुरक्षाकर्मी केही दिनअघि नै बिदा मागेर गएका थिए,’ रावलले भने, ‘अनि मेरो रिपोर्ट नेगेटिभ आएको छ, यसमा डर मान्नु पर्ने कुरा केही छैन ।’





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार १०:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया