नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई सिमित कार्यालय मात्र खोल्न निर्देशन दिएको छ । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैंकहरुलाई अलिक सहज बनाएको थियो । त्यसपछि बैंकका प्रायः सबै शाखा सन्चालनमा आइसकेका थिए ।
तर, बैंकका कर्मचारी पनि जोखिममा हुने र सडकमा पनि भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले बैंकहरुलाई सबै शाखा कार्यालय नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।
बैंकका शाखाहरु खोल्नका लागि अब राष्ट्र बैंकले केही पासहरु पनि उपलब्ध गराएको छ । अब खुल्ने शाखाका कर्मचारीहरुले पनि त्यही पासको आधारमा मात्र हिँडडूल गर्न पाउँछन् ।
राष्ट्र बैंकले लघुवित्तीय संस्थाहरुलाई पनि पाँच वटा पास दिएको बताएको छ । फाइनान्स कम्पनीहरुलाई चाहिँ ८ वटा पास दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।