नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित दुईमध्ये एक फिल्म हलमा भेटिए, अर्का बाटोमा

पर्सामा रहेको नारायणी अस्पतालबाट भागेका दुई जना कोरोनाभाइरस संक्रमति अब प्रहरीको नियन्त्रणमा आएका छन् । 

अस्पातलले आइसोलेसन वार्डमा राखेका यी दुवै त्यहाँबाट भागेका थिए । 

उनीहरु भागेको थाहा भएपछि अस्पतालले प्रहरीलाई जानकारी दिएको थियो ।

अब उनीहरु दुवै जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार एकजनालाई वीरगन्जबाट ३ किलोमिटर टाढा तिलावे पुलमा समातिएको हो भने अर्कालाई वीरगन्जमा रहेको श्रीराम सिनेमा हलबाट । उनी खाली हल देखेपछि त्यहाँ लुक्न गएका थिए ।

यी दुईले अस्पतालको शौचालयको भेन्टिलेटर फोडेर भागेका थिए ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार २२:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया