कपिलवस्तुमा ३ प्रहरीलाई काेराेनाभाइरस

कपिलवस्तुमा कार्यरत तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । कृष्णनगरमा लिंक गेट र बजामरा डियुटीमा खटिएका तीन जनामा कोरोना भएको हो । प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी सहायक निरिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षकलाई कोरोना देखिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएको हो । त्यसै मध्ये ३ नजा सुरक्षाकर्मी समेत रहेको हो । बाँकी ५ जना पहाडी मुलका रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ थपिएका आठै जना संक्रमित कृष्णनगर नगरपालिका क्षेत्रको रहेको पाइएको छ ।  

यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३८ पुगेका छ । भेटिएका ८ जना संक्रमित नगरपालिकाको महेन्द्र मावि क्वारेनटाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।  

क्वारेनटईनमा रहेका ५० जनाको स्बाब संकलन गरिएको मध्ये ८ जना संक्रमित भेटिएको जिल्ला स्बास्थ्य कार्यालयका प्रमुख योगन्द्र भगतले बताए । भेटिएका संक्रमितको कन्ट्राक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री लिने कार्य जारी रहेको छ । 

दिउँसो मात्र कपिलवस्तु नगरपालिकाको वडा नं. ४ का एक पुरुषमा संक्रमण देखिएको थियो । यशोधरा गाउपालिकामा १२, कपिलवस्तु नगरपालिामा ९ मयादेबी गाउपालिकामा ४, बुद्धभुमी नगरपालिकामा २, सुद्धोदन गाउपालिकामा एक जनमा कोरोना देखिएको हो । यस अघि मंगलावर मात्र कपिलस्तु अस्पतालका कार्यरत एक नर्सलाई कारोना देखिएको थियो । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार २३:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया