अष्ट्रेलियामा बेरोजगारी दर अप्रिल महिनाको ५.२ प्रतिशतबाट बढेर ६.२ प्रतिशत पुगेको छ। अर्थशास्त्रीहरुका अनुसार यो बेरोजगारी दर ८.३ प्रशित पुग्ने अनुमान छ । कोरोनाभाइरसका कारण विश्वभरका देशहरु प्रभावित भएको सन्दर्भमा चाहिँ अष्ट्रेलियाको यो स्तरलाई त्यति खराब मानिएको छैन ।
अर्कोतिर विश्लेषकहरुले अर्थव्यवस्थाको वास्तविक नोक्सान अझै पत्ता नलागेको बताएका छन् । सरकारले कल्याणकारी कार्यक्रमकअनुसार अहिले अवस्थालाई नियन्त्रणमा लिएको भन्दै अर्थशास्त्रीहरुले यस्तो बताएका हुन् ।
अहिले ६० लाख नागरिकलाई सरकारले सब्सिडी दिइरहेको छ । १० लाख अष्ट्रेलियालीले बेरोजगारी भत्ताका लागि निवेदन दिएका छन् । यो दुवैलाई मिलाउँदा अष्ट्रेलियाको ४० प्रतिशत काम गर्ने जनशक्तिको संख्या हुने बताइएको छ ।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले पनि अहिले निकै कष्टकरदिन भएको बताएका छन् । उनले आउने महिनामा थप खराब दिन सुरु हुने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।