कोरोनाभाइरसः ब्राजिलमा मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो

कोरोनाभाइरसका कारण ब्राजिलमा पछिल्लो २४ घन्टामा ७ सय ४९ जनाको निधन भएको छ । यसका साथसाथै अब ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ हजार नाघेको छ ।

१३ हजार १ सय ४९ मृत्युका साथ अब ब्राजिल विश्वको सबैभन्दा प्रभावित देशको सूचीमा छैटौं स्थानमा छ । योभन्दा पहिले ब्राजिलमा एकै दिन मंगलबार ८ सय ८१ जनाको निधन भएको थियो । 

बुधबार ब्राजिलमा ११ हजार ३ सय ८५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो । ब्राजिलमा कोरोना संक्रमित अब १ लाख ९० हजारको आसपास पुगेका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ९:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया