प्रदेश ५ मा एकै दिन थपिए २३ काेराेना संक्रमित

प्रदेश ५ का विभिन्न जिल्लामा बुधबार २३ जना कोरोना संक्रमित थपिएका छन् । भारतसित सीमा जोडिएका प्रदेशका पाँच जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । रुपन्देही र कपिलवस्तुका सीमावर्ती पालिकाका धेरैमा संक्रमण देखिएको हो । बुधबार रुपन्देहीमा १२, कपिलवस्तुमा ९, बाँके र पश्चिम नवलपरासीमा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच बिहीबार कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । रुपन्देहीको कोटहीमाईका युवा भने निको भएर घर गएका छन् ।

रूपन्देहीमा बुधबार साँझ १२ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १० जना भारतको मुम्बईबाट आएका हुन् । यसअघि जिल्लामा मुम्बईबाट आएका ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित फरकफरक समयमा जिल्लामा आएका हुन् । बुधबार संक्रमण देखिएका १० जना गैडहवा गाउँपालिका–२ जोगडा बजारका हुन् । अधिकांश एकै परिवारका छन् । ४ र १० वर्षका दुई बालिकामा पनि संक्रमण देखिएको छ ।

उनीहरु वैशाख २५ गते मुम्बईबाट एउटै ट्रकमा कोचिएर आएका थिए । प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले भाडा तिरेर भारतको अलिवढवासम्म आएका थिए । त्यहाँबाट कपिलवस्तुको चाकलचौडा हुँदै पैदल रूपन्देहीको गैडहवा गाउँपालिका–२ जोगडामा छिरेका थिए । स्थानीयले ठूलो समुहमा मुम्बईबाट आउँदै गरेको जानकारी गराएपछि उनीहरुलाई गैडहवाको नवदुर्गा माविमा राखिएको थियो । त्यहाँ स्थान अभाव भएपछि जोगडा माविको क्वारेन्टाइनमा सारिएको थियो ।





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ९:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया