शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना पुष्टि

काठमाडौं– काठमाडौंमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बालिकामा कोरोना पुष्टि भएको हो । 

६ दिन अगाडि उनी कपिलवस्तुबाट उपचारका लागि काठमाडौं ल्याइएकी बालिकामा कोरोना संक्रमण भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले यसको पुष्टि गरेका हुन् । 

अस्पतालको न्युरो वार्डमा उपचाररत बालिकामा कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालको न्युरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालले यसबारे छलफल गर्न बैठक बस्न लागेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने जनाएको छ । 





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार १०:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया