पछिल्लो समय काठमाडौंमा तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रहरीले लकडाउनलाई अझ कडाइका साथ पालना गर्ने भएको छ । लकडाउनका लागि अझ कडा हुने र यसलाई प्रभावकारी बनाउने विषयमा प्रहरी संगठनमा छलफल भएको छ, रणनीति बनेको छ ।
कोरोनाभाइरस अब समुदायस्तरमा पनि फैलिएको भन्दै प्रहरीले अब काठमाडौंमा जथाभावी मासिहरु हिँडेको भेटेमा नियन्त्रणमा लिने जनाएको छ । प्रहरीले कोरोनाविरुद्धको लडाइँ सबै मिलेर लड्नु पर्ने भन्दै सबैलाइ संयम अपनाउन पनि आग्रह गरेको छ ।
अब काठमाडौंका सडकमा अनुमति प्राप्त मानिसहरुलाई मात्र हिँड्न पाउने व्यवस्था गरिने प्रहरीले जनाएको छ ।
साथै, काठमाडौंबाहिरबाट आउने मानिसहरुलाई पास भएकै खण्डमा काठमाडौं छिर्न नदिने रणनीति प्रहरीले अख्तियार गर्ने तयारी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।