अर्का सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमण

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या थपिँदै जाँदा अर्को डरलाग्दो पाटो पनि बाहिर आउँदै गएको छ । त्यो हो– सशस्त्र प्रहरीहरुलाई भएको कोरोनाभाइरस संक्रमण । 

हिजो सबैभन्दा पहिले भीम रावलका सुरक्षामा खटिएका एक सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएको थियो । उनी सशस्त्र प्रहरीमा कार्यरत थिए । 

अब अर्का एक सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार काठमाडौंमा भेटिएका एक ३२ वर्षीय पुरुष सशस्त्र प्रहरी भएको खुलेको छ । उनी बलम्बुमा कार्यरत प्रहरी भएको जनाइएको छ । 

संक्रमण भएको पाइएपछि उनलाई बलम्बुमा सशस्त्र प्रहरीको क्याम्पमा राखिएको छ । बुधबार काठमाडौंमा महेन्द्रनगरबाट आएकी एक महिला पनि सशस्त्र प्रहरी परिवारकै भएको खुलेको छ ।

योसँगै सुरक्षा संयन्त्रमा कपिलवस्तुमा पनि ३ जना संक्रमित भेटिएका छन् । सुरक्षामा खटिएका अधिकारीहरुलाई कोरोना संक्रमण देखिनु डरलाग्दो पाटो भएको विश्व समुदायमा यसअघि बारम्बार चर्चा गरिँदै आइएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ११:३६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया