ह्वात्तै बढ्यो खाद्यान्न र औषधिको आयात

काठमाडौं– कोरोना संकटपछि मुलुकमा खाद्यान्न र औषधिको आयात ह्वात्तै बढेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लकडाउन सुरु भएको पहिलो साताको तुलनामा सातौं हप्ता खाद्यान्न आयात एक सय १४ प्रतिशतले बढेको छ ।  

अभाव हुन नदिन आयात बढाएको र आयात बढाउन विभिन्न निकाय तथा व्यापारीसँग समन्वय गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । मन्त्रालयले आयात र ढुवानीका लागि निकायमा सहजीकरण गरेको छ । 

मन्त्रालयका अन्सार हाल फलफूलमा तीन सय ७६ प्रतिशत, औषधिको कच्चा पदार्थमा एक सय ७७ प्रतिशत र औषधिमा दुई सय ४५ प्रतिशतले आयात बढेको छ । लकडाउन अवधिमा मात्रै एक लाख ५९ हजार पाँच सय ६१ मेट्रिक टन खाद्यान्न आयात भएको मन्त्रालयको भनाइ छ ।  

यो अवधिमा ५२ करोड ४३ लाख ८६ हजार रुपैयाँको औषधिका कच्चा पदार्थ र दुई अर्ब ५९ करोड ७२ लाख रुपैयाँको औषधि आयात भएको छ । दुग्धजन्य वस्तु ११ हजार एक सय २७ मेट्रिक टन आयात भएको छ ।  

दैनिक आयात भइरहेको र मौज्दात रहेकाले खाद्यान्न अभाव नहुने मन्त्रालयले जनाएको छ । राजधानीमा मंगलबार मात्रै खाद्यान्न, तरकारी बोकेका आठ सय ९८ वटा मालबाहक ट्रक काठमाडौं प्रवेश गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार १२:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया