पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङको तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना सख्त घाइते भएका छन् ।

तुलसीपुरको पर्सेनीबाट घोराहीतर्फ जाँदै गरेको गरेको रा५प ३६८८ नम्बरको मोटरसाइकललाई ना३च ५९४५ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको हो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार बिहान ४ बजेतिर भएको उक्त दुर्घटनामा भएको हो । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ७ का ३१ वर्षीय विशाल थापाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार विशालका भान्जा १३ वर्षीय हक्की पुन सख्त घाइते भएका छन् । घाइते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार १२:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया