काठमाडौं– केही वर्षयता चल्दै आएको अमेरिका–चीन व्यापारयुद्ध उत्कर्षमा पुग्ने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएसँगै यस्तो आकलन गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीमा चीनले चालेको कदमको आलोचना गर्दै एक अन्तर्वार्तामा ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएको बिबिसीले जनाएको छ । चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकालाई पाँच खर्ब डलर फाइदा हुने प्रक्षेपण गरेका छन् ।
चीनसँगको व्यापारमा अमेरिकालाई वार्षिक खर्बौं डलरको घाटा हुँदै आएको छ । सोही विषयलाई लक्षित गर्दै उनले पछिल्लो चेतावनी दिएका हुन् ।
चीनले कोरोना भाइरसको महामारीको सुरुवाती जानकारी लुकाएको अमेरिकाको आरोप छ । त्यसकारण चीनले कोरोना भाइरसको क्षतिपूर्ति दिनुपर्ने दाबी अमेरिकाले गर्दै आएको छ ।
चीनले भने अमेरिकाको सबै आरोप अस्वीकार गर्दै आएको छ । आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको एक रणनीतिस्वरुप ट्रम्पले चीनविरोधी भनाइ राख्दै आएको अधिकांशको बुझाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।