अब काठमाडौंका गल्लीमा हिँड्नेलाई पनि पक्राउ गरिने

उपत्यकामा अब कोरोनाभाइरस संक्रमणलाई रोक्न प्रशासनले थप कडा नीति अख्तियार गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालय, काठमाडौंको लकडाउन थप कडा बनाउने भएको हो ।

अब काठमाडौंका भित्री गल्लीहरुमा पनि विभिन्न वाहना बनाएर हिँड्नेहरुलाई पक्राउ गर्ने नीति प्रशासनले लिएको हो । 

काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकले यस्तो नीति लिएको हो । 

अब पैदलयात्रीलाई पनि काठमाडौं छिर्न नदिइने भएको छ । काठमाडांैं जिल्ला प्रशासनले यसअघिका सबै पाससमेत खारेज गरेको छ । 





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार १८:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया