वैदेशिक राेजगारीमा जानेलाई पनि अब सामाजिक सुरक्षा योजनामा समेटिने

सरकारले आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने भएको छ । 

सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउन वैदेशिक रोजगारीमा जाने युवालाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने नीति सरकारले लिएको जनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विदेश जाने युवाका लागि सामाजिक सुरक्षा योजनामा समावेश गर्ने नीति सरकारले लिएको उल्लेख गरेकी हुन् । 

त्यस्तै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने योजना सरकारले राखेको छ । ।

सरकारले सामाजिक सुरक्षालाई दिगो बनाउने नीति अघि सारेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार १८:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया