काठमाडौं महानगरपालिकाका ३१ कर्मचारीको आरडिटी पोजेटिभ

काठमाडौं महानगरभित्र फोहोर मैला व्यवस्थापनमा खटिने ३१ जना कर्मचारीको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) पोजेटिभ आएको छ । काठमाडौं महानगरको वातावरण व्यवस्था विभागले महानगरका कर्मचारीको आरडिटी परीक्षण गरेको थियो ।

शुक्रबार ९ सय ३२ जनाको परीक्षण गरिएको थियो । तीमध्ये ३१ जनाको आरडिटी पोजेटिभ आएको हो । अब उनीहरुको पिसिआर परीक्षण गरिने भइएको छ ।

आरडीटी पोजिटिभ देखिएसँगै सरसफाईकर्मी घर जान नमानेपछि उनीहरुलाई टेकुस्थित वातावरण विभागकै कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । 

आरटीडी परीक्षणमा पोजिटिभ देखिएका केही कर्मचारी खाद्यान्न  र राहत वितरण कार्यहरुमा पनि खटिएका थिए । 

अब उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने विषयमा छलफल सुरु भएको छ । 





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार २०:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया