कोरोनाभाइरसः विश्वभर ३ लाखभन्दा बढीको मृत्यु

विश्वभर कोरोनाभाइरसका कारण ४५ लाखभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित भएका छन् । पछिल्लो समय विश्वभर कोरोना संक्रमित मानिसको संख्या बढिरहेको छ । 

जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अब विश्वभर कोरोना संक्रमित संख्या ४५ लाख ३१ हजार ८ सय ११ पुगेको छ । त्यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार १ पुगेको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी १४ लाख ४१ हजार १ सय १२ जना प्रभावित भएका छन् । कोरोनाका कारण ज्यान पनि अमेरिकामा नै सबैभन्दा धेरै ८७ हजार ४ सय २७ जनाले गुमाएका छन् । 

दोस्रोमा रुसमा सबैभन्दा बढी २ लाख ६२ हजार ८ सय ४३ जना संक्रमित भएका छन् । रुसमा ज्यान गुमाउनेको संख्या चाहिँ तुलनात्मक रुपमा कम छ । त्यहाँ अहिलेसम्म २ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा अब २ लाख ३८ हजार जनामा कोरोना संक्रमण देखिएको छ । त्यहाँ ३४ हजारभन्दा बढीको मृत्यु भएको छ । 

छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ८२ हजार पुगेको छ । भारतमा यसका कारण २६४९ जनाले ज्यान गुमाएका छन् । 



नेपालमा चाहिँ २ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । अहिलेसम्म नेपालमा यही भाइरसका कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।



  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ६:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया