काठमाडौंको चन्द्रागिरि नगरपालिकाका केही दिन यता दैनिक कोरोनाभाइरस संक्रमित भेटिएका छन् । शुक्रबार साँझ सतुंगलका सात वर्षीय बालकमा संक्रमण पुष्टि भएसँगै अब चन्द्रागिरिमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच पुगेको छ ।
त्यहाँ पछिल्ला दिनमा कोरोना परीक्षण पनि बढाउन थालिएको छ ।
दैनिक नयाँ संक्रमित भेटिँदै जाँदा उक्त क्षेत्रमा कोरोनाभाइरस समुदायमा फैलिएको हुनसक्ने आशंका पनि गरिएको छ । योसँगै उक्त क्षेत्रलाई सिल गर्ने भइसकेको छ ।
पछिल्लो निर्णयअनुसार आजबाट उक्त क्षेत्रमा खाद्यान्न पसल तथा बैंकहरुसमेत सन्चालन गर्न नदिइने भइएको छ ।
अहिलेसम्म चन्द्रागिरि क्षेत्रमा २ सय ६० जनाको पिसिआर परीक्षण भएको छ । विशेषगरि बाहिरबाट आएकाहरुको परीक्षण गर्न थालिएको अधिकारीहरुले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।