धनगढी सीमामा भारतबाट आउनेकाे घुइँचाे
प्रतिकात्मक तस्वीर

भारतमा विभिन्न राज्यमा रेल तथा सवारीसाधन सञ्चालन भएपछि त्यहाँ अलपत्र परेका नेपाली मजदुर सीमामा आउन थालेका छन् । मुम्बईउत्तरप्रदेशलगायत राज्यबाट मजदुरहरू धनगढीका सीमामा आउने क्रम सुरु भएको छ । 

सीमामा प्रत्येक दिन नेपाली मजदुरको संख्या बाक्लिँदै गएको छ । सीमापारि क्वारेन्टिनमा बसेका लगायतका मजदुरलाई शुक्रबार धनगढीको त्रिनगर नाकामा प्रवेश गर्न दिइएको छ । उनीहरूको नाकामै आरडिटी अर्थात् र्यापिड टेस्ट भइरहेको छ । शुक्रबार साँझसम्म भारतबाट नेपालीहरू नेपाल आउने क्रम जारी छ ।

सीमामा रहेका करिब चार सय मजदुरलाई प्रवेश गराउन लागिएको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए । र्‍यापिड टेस्ट गरेर प्रवेश गराइन लागेकोले समय लागिरहेको छ । प्रवेश गरेकालाई नवदुर्गा माध्यमिक विद्यालयमा राखिएको छ ।

डेढ महिनादेखि पलियामा एक सय २० जना नेपाली क्वारेन्टिनमा बसेका थिए । १५ दिनअघि पलिया क्वारेन्टिनमा बस्नेको संख्या एक सय ६४ थियो । भारतका केही राज्यले लकडाउन खुकुलो गर्दैै रेलयातायात सञ्चालन गरेपछि प्रत्येक दिन क्वारेन्टिनमा संख्या थपिँदै गएको थियो ।

क्वारेन्टिनमा रहेका करिब तीन सय र क्वारेन्टिनबाहिर जम्मा भएका अन्य गरेर करिब चार सय जनालाई शुक्रबार धनगढी प्रवेश गराइएको नायब उपरीक्षक बस्नेतले बताए । भारतबाट आएका सबैको र्यापिड टेस्ट गरिएको छ । उनीहरू  सबैलाई क्वारेन्टिनमा राखिने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले बताए ।

यताभारतमा अलपत्र परेका नेपाली मजदुर प्रवेश गर्न पाएकोमा खुसी छन् ।



‘होटलमा काम गर्थेंहोटल बन्द भएपछि उत्तरप्रदेशको साहाजपुरबाट दुई दिन हिँडेर पलिया आइपुगें । पलियामा १५ दिन क्वारेन्टिनमा बसेको थिएँत्यहाँ कोचाकोच गरेर समूहमा बस्दा डर लागेको थियो, ‘डडेल्धुराका दिपक ऐरले भने, ‘आफ्नो देशमा प्रवेश गर्न पाउँदा खुसी लागेको छ।’ 

कैलालीचौमला घर भएका रामफल चौधरीले ढिलो भए पनि आफ्नो घर आउन सीमामा प्रवेश गर्न पाउँदा खुसी लागेको बताए । भारतमा तनाव र दुःखका बीच दिन काट्नुपरेको उल्लेख गर्दै नेपालमा क्वारेन्टिनमा बस्न तयार रहेको पनि उनले बताए ।



डेढ महिनाअघि आएका र पछिल्लो समयमा आएका नेपालीलाई पनि सँगै मिलाएर क्वारेन्टिनमा राखिएको छ । र क्वारेन्टिनमा नराखिएकालाई पनि हुलमा प्रवेश गराउँदा जोखिम बढेकाले क्वारेन्टिनमा राख्न सरोकारवालाले सुझाएका छन् ।

भारतमा व्यापक रूपमा कोरोनाको संक्रमण फैलिएको छ । हिजोआज नै भारतका विभिन्न ठाउँबाट समूहमा यात्रा गरेर आएकाहरूलाई संक्रमणको जोखिम हुन सक्छ,’ वरिष्ठ फिजिसियन शुभेषराज कायस्थ भन्छन, ‘र्यापिड–टेस्टकै आधारमा भाइरसको संक्रमण थाहा नहुने भएकाले उनीहरूलाई क्वारेन्टिनमा राखेर निगरानी नगरेमा उच्च जोखिम हुन सक्छ ।

  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ७:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया