ब्राजिलमा एक महिनामा दोस्रो स्वास्थ्यमन्त्रीको पनि राजीनामा !

ब्राजिलमा अर्का स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिएका छन् । 

यो एक महिनाभित्र ब्राजिलमा राजीनामा दिएका दोस्रा स्वास्थ्यमन्त्री हुन् । ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टिशले शुक्रबार राजीनामा दिएका हुन् । उनी पदमा एक महिनाभन्दा पनि कम रहे । 

अहिले ब्राजिलमा कोरोनाभाइरस संक्रमणको अवस्था निकै नाजुक भइसकेको छ । 

यी स्वास्थ्यमन्त्री र राष्ट्रपति जैर बोल्सेनारोबीच मतभेद भएकाले उनले राजीनामा दिएको हुनसक्ने बताइको छ ।

पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्यामा ब्राजिलले जर्मनी र फ्रान्सलाई नै पछाडि पारिसकेको छ । तर, बोल्सोनारोले कोरोनाभाइरस अफवाह भएको र आफ्नो सरकार ढाल्ने षडयन्त्र भएको बताउँदै आएका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ८:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया