रुपैडियामा अलपत्र २ सय नेपालीकाे उद्दार

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बाँकेको नेपाल–भारत सीमा रुपैडिहामा अलपत्र परेका नागरिकलाई उद्धार गरिएको छ । लकडाउनका कारण ४५ दिनदेखि अलपत्र परेका कर्णाली प्रदेशका दुई सय जना नागरिकको उद्धार गरिएको हो ।

रोजगारीको सिलसिलमा भारत गएका उनीहरू डेढ महिनादेखि स्वेदश फिर्ताको लागि रुपैडिहामा कुर्दै बसेका थिए । रुपैडिहामा आइपुगेका उनीहरूलाई कहिले बहराइज त कहिले नानपारामा रहेकाे क्वारेन्टाइमा राखिएको थियो । बिहीबार उनीहरूलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको थियो । जुम्लाको हिमा गाउँपालिका–१ का गगनबहादुर शाहीका अनुसार बिहीबार मध्यरातमा भारतीय सुरक्षाकर्मीले सीमा नाका रुपैडिहा ल्याएर छाडेको हो । बिहीबारदेखि  चाउचाउको भरमा बसेको उनले बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सीमा नाकामा अलपत्र परेका नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा प्रहरी स्कर्टिङ गरेर जिल्लामा ल्याउने काम भइरहेको छ । ‘शनिबारसम्म जिल्लामा पुग्छन् होला,’ उनले भनिन्, ‘बाहिरबाट आएका नागरिकलाई जिल्लास्तरीय क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा राख्ने तयारी भइरहेको छ ।’

उद्धार गरी ल्याइएका हिमा गाउँपालिकाका २८ जना नागरिकको नाग्मदेखि प्रहरी स्कर्टिङबाटै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, ‘सुरक्षा व्यवस्था कडा पार्न र उनीहरूलाई चेकजाँच पनि व्यवस्थित बनाउन जिल्लास्तरको एकै स्थानमा क्वारेन्टाइन बनाएर राख्ने व्यवस्था गरिएको हो ।’





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ८:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया