Wed, 15 Jul, 2020


धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको पिसिआर रिपोर्ट पनि पोजेटिभ, अस्पताल सिल गर्ने तयारी
फरकधार / जेठ ३, २०७७

बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोनाभाइरस पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको छ । अर्थात् उनलाई कोरोनाभाइरस भएको पुष्टि भएको छ । 



सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया यी महिला १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । अस्पतालले डिस्चार्ज गरेपछि घर पुगेकी उनको स्वास्थ्यमा समस्या भएपछि पुनः अस्पताल ल्याइएको थियो ।

कोरोनाभाइरसको पनि उपचार हुने अस्पतालमा भर्ना भएकी उनमा कोरोनासँग सम्बन्धित लक्षण पनि देखिएका थिए । 

यसअघि उनको आरडिटी रिपोर्ट पोजेटिभ आएको काभ्रेका प्रदेश सभा सदस्य चन्द्र लामाले फरकधारलाई बताएका थिए । 

अब अस्पतालमा नै कार्यरत एक नर्सले उनको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको फरकधारलाई बताएकी छिन् । ‘उनलाई आइसियूमा राखिएको थियो,’ उनले भनिन्, ‘अस्पतालमा नै कोरोनाभाइरसको पिसिआर पनि परीक्षण हुन्छ र भर्खर उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थाहा भएको छ ।’

यसबारे सरकारले केही समयपछि हुने पत्रकार सम्मेलनमा आधिकारिक घोषणा गर्ने बताइएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्