चन्द्रागिरि नगरपालिकाको १० नम्बर वडा सतुंगलका ७ वर्षीय कोरोनाभाइरस संक्रमित बालक २९ वैशाखमा सतुंगल आइपुगेको खुलेको छ । उनी परिवारसहित पालुङबाट सतुंगल आइपुगेका थिए ।
उनमा कोरोनभाइरस संक्रमण भएको शुक्रबार साँझ पुष्टि भएको थियो र संक्रमित बालक आफ्नो आमाबाबुसँग हिँडेर नै काठमाडौं आएको चन्द्रागिरि नगरपालिकाका अधिकारीहरुले जनाएका छन् ।
नगरपालिकाले अब उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी सुरु गरेको छ ।
उनी बस्ने घर पनि सिल गरिएको छ । घर १४ दिनका लागि सिल गरिएको बताइएको छ । उनलाई उनका बाबु र आमासँगै बलम्बुमा रहेको सशस्त्र प्रहरीको अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।