धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको टेकुमा पनि पिसिआर परीक्षण गरिने

उपचारका लागि धुलिखेल पुर्‍याइएकी एक महिलाको निधन भएपछि काभ्रेस्थित धुलिखेल अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । ती महिलाको धुलिखेल अस्पतालमा गरिएको कोरोनाभाइरस परीक्षणमा आरडिटी र पिसिआर दुवै पोजेटिभ आएको थियो । 

१० दिनअघि महाराजगन्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी यी महिलालको रिपोर्ट कन्फर्मेसनका लागि स्वाब टेकुको प्रयोगशालमा पठाइएको छ । 

उता, उनको मृत्यु कोरोनाभाइरसकै कारण भएको हुनसक्ने भन्दै धुलिखेल अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।

बिहीबार राति उनको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल पुर्याइएको थियो । अस्पतालले महिलाको अस्पताल ल्याउनुअघि नै मृत्यु भएको जनाएको छ ।

स्रोतका अनुसार धुलिखेल अस्पतालमा उनको आरडिटी र पिसिआर दुवै परीक्षण पोजेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट स्वास्थ्य मन्त्रालयले दिने बताइएको छ । 





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १५:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया