सेनामा पनि छिर्‍यो कोरोना, पछिल्ला दुई संक्रमित सैनिक

शनिबार पछिल्लो समय नेपालमा भेटिएका कोरोनाभाइरस संक्रमित नेपाली सेना रहेको खुलेको छ । 

उनीहरु दुवै मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाले नै बताएको छ । 

कोरोनाभाइरस संक्रमण देखिएका दुवै जना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षका युवा हुन् ।

यसअघि पनि नेपालमा प्रहरी र सशस्त्र प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिइसकेको छ । यी दुई संक्रमित थपिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ सय ७८ पुगेको छ । यीमध्ये ३५ जना निको भइसकेका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १७:५३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया